हिमालयन क्यापिटलद्धारा वार्षिक साधारण सभा आह्वान

६ भाद्र २०७८, आईतवार १८:३१

काठमाडौं । हिमालयन क्यापिटलले भदौ २५ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटकाे साउन ३१ गते बसेको संचालक समितिको बैठकले आफ्नै रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । कोभिड १९ को कारण भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने भएको छ ।

सभाको प्रस्तावमा भविष्यमा अन्य कुनै मर्चेण्ट बैंकिङ संस्थासँग गाभ्ने र गाभिने सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीको रुपमा एनआईबिएल एस क्यापिटल सञ्चालनमा रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*