ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द
२० श्रावण २०८१, आईतवार ११:१०
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ्ग सेवा स्थानहरू बन्द गर्ने भएको छ । २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरिने भएको छ । साथै कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।