आज बीमा, बैंक र सेयर बजार बन्द
२० श्रावण २०८१, आईतवार ०७:५६
काठमाडौं । आज साउन २० गते बीमा, बैंक र सेयर बजार बन्द हुने भएको छ । बीमा सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । आज भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो ।
सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।