राष्ट्रिय बीमा कम्पनीको ११औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११ औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्युटमा एक कार्यक्रम आयोजना गरी कम्पनीले ११ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको हो ।
कार्यक्रमको सभापतित्व कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्याय, प्रमुख अतिथीमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायतका अतिथी, सर्भेयर संघ, कर्मचारी लगायतका मानिसहरुको उपस्थितीमा वार्षिक उत्सव सम्पन्न भएको छ ।
वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बार–बार ताकेता गर्दा पनि चुक्ता पूँजी वृद्धिमा कुनै पनि कार्य नगरेका कारण कम्पनीको पोर्टफोलियो नै रोकिदिने चेतावनी दिएका छन् ।
सरकारी कम्पनी भनेर प्रोत्साहन दिदै गरेको भएर पनि सरकारी कम्पनीको नै ब्यवसाय खस्किदै गएको सिलवालले बताए । बीमाका कुनै पनि कुरा हावा तालमा नरहेको र नियामकले पनि सम्पुर्ण कुराको अध्ययन गरेर मात्र निर्देशिका जारी गर्ने गरेको सिलवालको भनाइ रहेको भनाइ रहेको छ ।
नेपाल बीमा कम्पनीको ११ वर्षमा पुग्दा समेत वित्तीय बिबरण पनि पारित हुन ११ वर्षकै बाँकी रहनु दुखत विषय रहेको उनले बताए । ‘नेपाल बीमा कम्पनी स्थापना भएको ११ वर्ष भइसकेको छ । ११ वर्ष पुग्दा समेत ११ वर्षकै वित्तीय विवरण पारित गर्ने बाँकी छ’ उनले भने, ‘यस अवधीमा कुनै पनी नयाँ बीमालेख पनि ल्याएको छैन । काठमाडौँमा मात्र व्यवसाय केन्द्रित रहेको छ । अब अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने आवश्यक रहेको छ ।’
कम्पनीका कर्मचारीले उठाएका जाएज माग सम्बोधन हुनुपर्ने उनको भनाइ रहेको छ । राष्ट्रिय बीमा कम्पनी ब्यवसाय निकै कमजोर अवस्थामा रहेको बताउँदै दुख व्यक्त गरे । शाखा बिस्तारमा जोड दिन समेत निर्देशन उनले निर्देशन दिए ।
सोही कार्यक्रममा स्वागत मन्तव्य दिदैं कम्पनीका कार्यकारी अधिकृत डा. शिवहरी श्रेष्ठले अब छिट्टै बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुराउन लागेको बताएका छन् । कम्पनीले आज ११औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कर्मचारी सन्चयकोष, नेपाल बैक, नेपाल राष्ट्र बैक र नेपाल सरकारको सहयोगमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुजि पुर्याउने तयारी रहेको रहेको श्रेष्ठले बताए । कम्पनीले अबको २ वर्ष भित्र आफ्नै कार्यालय निर्माण गरेर काम संचालन गर्ने योजना समेत रहेको उनको भनाइ रहेको छ । उनले भने, कम्पनीको चुक्तापुँजी चाडै पुग्दैछ । हामी अबको २ वर्ष भित्र आफ्नै कार्यलय समेत संचालनमा ल्याउने योजनामा छौं ।
श्रेष्ठले कम्पनीको मुख्य चुनौति अहिले चुक्तापुँजी र अडिट रहेको बताए । कम्पनीले लेखापरीक्षणको लागि लेखापरीक्षकको सहयोग समेत लिने तयारी गरेको उनको भनाइ छ ।
वि.स. २०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रुपमा स्थापना भए पश्चात राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम स्थापना भएको राष्ट्रिय बीमा संस्थानको निर्जीवन विभागलाई नेपाल सरकारको २०७१ बैशाख २३ गतेको निर्णयअनुसार छुट्टै संगठित संस्थाको नाममा व्यवसाय सञ्चालन गर्ने निर्णयले २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन गरेको थियो ।
कम्पनी आजदेखि स्थापनाको १०औं वर्ष पुरा गरेर ११ औं वर्षमा प्रवेश गरेको छ । पाँच दशक लामो निर्जीबन बीमा व्यवसायको इतिहास रहेको कम्पनीले लामो व्यवसायिक यात्रा तय गरेको छ । यस अवधिमा सहकार्य गर्ने, सहयोग गर्ने तथा नागरिकको सम्पत्तिको लागि विश्वास गर्ने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण र आम नागरिकहरुलाई धन्यवाद व्यक्त गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपाल सरकारको स्वामित्व प्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी हो । आन्तरिक स्रोत र साधनहरूको परिचालन मार्फत अर्थतन्त्र गतिशील बनाउने, बीमा सेवाको माध्यमबाट आर्थिक जोखिम व्यवस्थापन गर्ने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य अनुसार कम्पनीले विगत ५६ वर्षदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरू, सार्वजनिक संस्थानहरू, निजी व्यावसायिक प्रतिष्ठानहरू र सर्वसाधारण जनतालाई विभिन्न बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
फलस्वरूप नेपाली बीमा बजारको विकास एवं विस्तारमा कम्पनीको नेतृत्वदायी भूमिका रहेको छ । सरकार, निजी क्षेत्रका प्रतिष्ठानहरू र सर्वसाधारण जनताको विश्वास एवं भरोसाले बीमा बजारमा प्रतिस्पर्धा हुँदाहुँदै पनि व्यावसायिक एवं ग्राहकमुखी कार्यशैली र बीमितहरूको चाहना एवं आकाङ्क्षा अनुरूप उच्च स्तरको सेवा प्रवाहका कारण व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ ।
तस्वीरः राजन कठायत