राष्ट्र बैंकद्धारा कर्जा खरिदबिक्रीको जोखिमभार घटाइयो

१८ श्रावण २०८१, शुक्रबार १७:३४

काठमाडौं । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई कर्जा खरिदबिक्रीमा थप खुकुलो बनाउदै जोखिमभार घटाउने निर्णय गरेको छ। यसअघि कर्जा बिक्री गर्ने बैंकले पुनः खरिद गर्ने शर्त भएका कर्जाहरुमा शतप्रतिशत जोखिमभार लगाउदै आएकोमा आज जारी एकीकृत निर्देशिकामार्फत संसोधन गरी २० प्रतिशतमा झारेको छ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन गर्दै कर्जा बिक्रीको जोखिमभार १०० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको हो।

बैंक, वित्तीय संस्थाले कर्जा खरिद बिक्री गर्दा कथमकदाचित खरिदकर्ता संस्थाले कर्जा उठाउन नसकेमा सो कर्जा पुनः आफैंले खरिद गर्ने सर्तमा राष्ट्र बैंकले जोखिमभार घटाएको हो।

बिक्रेताले यस्तो कर्जा पुनर्खरिद नगर्दासम्म संयोगीक दायित्वको रूपमा आफ्नो वित्तीय वितरणको सम्भावित दायित्व र लेखासम्बन्धी टिप्पणीको अनुसूची देखाउनुपर्ने र यस्तो संयोगीक दायित्वलाई पुँजीकोष गणना गर्ने प्रयोजनका लागि जोखिमभार २० प्रतिशत हुने राष्ट्र बैंकले एकीकृत निर्देशिकामा उल्लेख गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*