बीमा प्राधिकरणको निर्देशन बमोजिम अब छिट्टै राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी पुराउछौः सीइओ श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. शिव हरि श्रेष्ठले अब छिट्टै बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुराउन लागेको बताएका छन् । कम्पनीले आज ११औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कर्मचारी सन्चयकोष, नेपाल बैक, नेपाल राष्ट्र बैक र नेपाल सरकारको सहयोगमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुजि पुर्याउने तयारी रहेको रहेको श्रेष्ठले बताए । कम्पनीले अबको २ वर्ष भित्र आफ्नै कार्यालय निर्माण गरेर काम संचालन गर्ने योजना समेत रहेको उनको भनाइ रहेको छ । उनले भने, कम्पनीको चुक्तापुँजी चाडै पुग्दैछ । हामी अबको २ वर्ष भित्र आफ्नै कार्यलय समेत संचालनमा ल्याउने योजनामा छौं ।
श्रेष्ठले कम्पनीको मुख्य चुनौति अहिले चुक्तापुँजी र अडिट रहेको बताए । कम्पनीले लेखापरीक्षणको लागि लेखापरीक्षकको सहयोग समेत लिने तयारी गरेको उनको भनाइ छ ।
नेपाल बीमा प्राधिकरणले आज मात्रै २०७३।०७४ को बितिय बिवरण स्वीकृत गरेको श्रेष्ठले बताए । अब बाँकी अन्य आवको लेखापरीक्षण चालू आव भित्र सक्ने जानकारी गराए । कर्मचारी र संचालकबीच समधुर सम्बन्ध रहेको उनले बताए ।