अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेर बजार बढेको कतिपयको बुझाई छः पूर्वअर्थमन्त्री डा.महत
१८ श्रावण २०८१, शुक्रबार १५:४९
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले शेयर बजारमा आएको सुधारले सम्रग अर्थतन्त्रमा आएको भन्न नमिल्ने बताएका छन् । उनले कतिपयले अहिलेको बजार बढाईलाई उनले अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको भन्दै संज्ञा दिएका छन् ।
अर्थसमितिको आज बैठकमा डा। महतले शेयर बजारको स्थायित्व हेर्न बाँकि नै रहेको भन्दै सम्रग अर्थतन्त्रमा यसलाई दाँज्न नमिल्ने बताएका हुन्।
उनले शेयर बजार स्थायित्व कतिसम्म हो भनेर हेर्न नै बाँकि रहेको समेत छलफलमा जानकारी दिएका छन् । उनले आफू अर्थमन्त्री हुँदा पनि शेयर बजार १ हजार ८०० विन्दुबाट २ हजार २०० सम्म ल्याएको तर लचिलो मौद्रिक ल्याउन गभर्नर महाप्रसाद अधिकारी तयार नभएको खुलासा पनि गरेका थिए ।