केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री थपिए

१८ श्रावण २०८१, शुक्रबार १३:४१

काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*