एक वर्षको अवधिमा गोर्खा डिपार्टमेन्ट स्टोरको १० करोडको व्यापार गायब

१८ श्रावण २०८१, शुक्रबार १२:३७

काठमाडौँ । एक वर्षको अवधिमा गोर्खा डिपार्टमेन्ट स्टोरको १० करोडको व्यापार गायब भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ७४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो ।

कम्पनीले २०७९/८० मा ८४ करोड ७० लाख रुपैयाँ र २०७८/७९ मा ९२ कारोबार २० लाख रुपैयाँको कारोबार गरेको थियो । स्टोरले २०७७/७८ मा ५९ करोड ४० लाख र २०७६/७७ मा ९२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । गोर्खा डिार्टमेन्ट इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात रहेको छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले घरयासी उपयोगका सामग्री बिक्री वितरण गर्दै आएको छ । कोशी प्रदेशका ४ शहरमा स्टोर सञ्चालन गर्दै आएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको छ । कारोबार घटेसँगै ऋणको सीमा पनि घटेको छ ।

बलराम आचार्य खत्री र अन्जु आचार्य खत्रीको संयुक्त लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*