नेशनल लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

१८ श्रावण २०८१, शुक्रबार १०:५८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै केही संख्यामा प्रदेश प्रमुख, ब्रान्च म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर र एसिस्टेन्ट मार्केटिङ म्यानेजर लगायतका पदहरुमा कर्मचारी माग गरेको हो ।

कम्पनीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा रहेका शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र प्रदेश प्रमुखमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिने उम्मेदवारहरुमध्ये अनुभवि र क्षमतावानलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित मितिले ७ दिनभित्र कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

One thought on “नेशनल लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

  1. bimal prasad gaihre says:

    dhari late vacency annunce vayo ma yeuta resta lie maya garne resteya bhawana bokako manchha aja bidese haru ko insurance company le sabai paisa bides gaya ko xa nepal ko proud national life insurance why?????? pachadei hudai xa

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*