युरोपियन युरोको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १८ गतेका लागि विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ २६ पैसा र खरीदमूल्य १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
आज एक युरोपियन युरोको भाउ ७ पैसाले घटेर खरीदमूल्य १४४ रुपैयाँ २४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ९० पैसा निर्धारण भएको छ । एक अस्ट्रेलियन डलरको बिक्रीदर ८७ रुपैयाँ ७५ पैसा र खरीददर ८७ रुपैयाँ ३६ पैसा रहेको छ ।
आज एक बेलायती पाउण्ड स्टर्लिङ खरीद गर्न १७० रुपैयाँ ६५ पैसा र बिक्री गर्न १७१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरीदमूल्य ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ १६ पैसा रहेको छ ।
आज साउदी अरेबियन रियाल एकको बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा, युएई दिराम एकको बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा र मलेसियन रिंगिट एकको बिक्रीदर २९ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ ।