प्रभु बैंक विरुद्ध झापामा सशक्त आन्दोलन, घेराउपछि बिर्तामोड शाखा कार्यालय बन्द

१७ श्रावण २०८१, बिहीबार १९:०२

काठमाडौं । प्रभु बैंक लिमिटेडको विर्तामोड शाखा कार्यालयलाई जनताहरुले घेराउ गरेका छन् । सोही ठाँउकी मन्जु कुमारी नेपालको मुद्दती निक्षेपमा राखेको नगद नै गायब पारी दिएपछि बैंकको उक्त शाखा कार्यालय नागरिकहरुले घेराउ गरेका हुन् ।

बैंकमा पीडित नेपालले ६ महिना अवधिको लागि १ करोड १९ लाख रुपैयाँ मुद्दती निक्षेपमा जम्मा गरेकी थिइन् । तर, समय पुगेपछि उक्त रकम निकाल्न जादाँ निक्षेप नै गायव थियो ।

नागरिकहरुको बाक्लो जमातले विरोध स्वरुप बैंक शाखा कार्यालय घेराउ गरेपश्चात कर्मचारीहरुले ४ः३० बजे नै शाखा कार्यालय बन्द गरेर भागेका छन् । नागरिकहरुले चौतर्फी रुपबाट कार्यालय घेराउ गरेका कारण यति बेला झापामा प्रभु बैंक बिरुद्ध नागरिकहरु आक्रोशित बनेका छन् ।

 

प्रभु बैंकको मुद्दती खाताबाट एक करोड १९ लाख बेपत्ता, पीडितद्वारा प्रहरीमा उजुरी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*