पोखरा फाइनान्सको यस्तो देखियो चौथौ त्रैमासको वित्तीय विवरण

६ भाद्र २०७८, आईतवार १६:४५

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा ७४.०५ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक बर्षमा ७ करोड ३० लाख रुपैया कमाएको कम्पनीले गत आर्थिक बर्षम १२ करोड ७० लाख रुपैया खुद नाफा कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी ४.३५ प्रतिशत र सञ्चालक नाफा ७३.०३ प्रतिशतले बढेको छ ।

चौथो त्रैमाससम्म ८ अर्ब ९८ करोड रुपैया निक्षेप संकलन गरेको कम्पनीले ५ अर्ब ८५ करोड रुपैया कर्जा लगानी गरेको छ । कम्पनीको हालको चुक्तापुजी ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ। फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैया १९ पैसा र प्रतिशेयर नेटवर्थ १४१ रुपैया ४१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*