सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाच्न सफल क्याप्टेन मनिषको डिस्चार्जको तयारी
१७ श्रावण २०८१, बिहीबार १५:४६
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाच्न सफल क्याप्टेन मनिष शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् ।परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गर्छौं’ उनले
जानकारी दिईन् ।
डा. थापाका अनुसार डिस्चार्ज भए पनि शाक्यको उपचार जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन ।