गणित विज्ञान स्कुलमा डाटा साईन्स विषयको अध्यापन सुरु, तथ्याङ्क बिश्लेषक विज्ञ नेपालमै उत्पादन हुने

६ भाद्र २०७८, आईतवार १६:३७

काठमाडौं । त्रिभुवन विश्वविधालय गणित विज्ञान स्कुल बल्खुमा यसै बर्ष बाट स्नातकोत्तर तहमा डाटा साईन्स बिषयको पढाई शुरु हुने भएको छ । विश्व मै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष नेपालमा पहिलो चोटी शुरुवात भएको हो । यो कोर्ष पुरा गरिसके पछि तथ्याङ्क बिश्लेषकको जनशक्ती नेपालमै उत्पादन हुनेछ ।

जसले सरकारी, नीजि, इन्स्योरेन्स कम्पनी लगायत सेयर बजारका डाटा एनालाइसीस गरी टेन्डर पत्ता लगाउने सहज हुनेछ भने अर्कोतिर बाहिरी देशको कार्यगरी विदेशी मुद्रा हासील गरी देशको आर्थिक शक्ति मजबुत हुनेछ । यो विषय पढ्नको लागी त्रि .वी वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १५ बर्ष औपचारिक शिक्षा लिई स्नातक तहमा कम्तिमा जिपिए २ वा दोस्रो श्रेणीमा CSIT, B math sc, BA, BSC mathematics ,statistics, B.E, BIT BCA वा सो सरहको उपाधि लिएको हुनुपर्नेछ ।

२०७८ बैशाख ९ गतेबाट अनलाईन मार्फत प्रवेश परीक्षाको आवेदन खुलाएकोमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण पहिले तोकिएको समयलाई परीमार्जन गर्दै साउन २२ गते सम्म र दोब्बर दस्तुर तिरेर साउन २६ गतेसम्म आवेदन फाराम लिएको थियो । प्रवेश परीक्षा साउन ३० गते सञ्चालन भएको थियो ।

जम्मा १४७ जनाले प्रवेश परीक्षा फाराम भरेकोमा १३६ जना विधार्थीहरु लिखित परीक्षाका लागी योग्य भएका थिए भने ११ जनाको आवेदन फाराम योग्यता नपुगेकाले रद्ध गर्नुपर्यो । १२५ जना विद्यार्थीहरु लिखित परीक्षामा सामेल भएकोमा १२३ जना विद्यार्थीहरुले न्युनतम ३५ प्रतिशत प्राप्ताङ प्राप्त गरि लिखित परीक्षा पास भएका थिए । जसमध्ये ४ जना प्रस्तुतिकरण तथा अन्तर्वातामा अनुपस्थिित थिए । ११९ जना विद्यार्थीहरुको लिखित ६० प्रतिशत, प्रस्तुतिकरण तथा अन्र्तर्वाताको १५ प्रतिशत र शैक्षिक योग्यता १५ प्रतिशत प्राप्ताङलाई टेबलेशन गरी योग्यताक्रम अनुसारको सुचि निकालेको गणित विज्ञान स्कुलका कार्यक्रम संयोजक केशव राज फुलाराले जानकारी दिए । उनका अनुसार यो कोर्षको ३६ जनाको सिटमा ८० प्रतिशत खुल्ला र २० प्रतिशत समावेशीको लागी कोटा छुटाएको छ ।

समावेशी कोटामा भर्ना हुनको लागि त्रि.वि नियमा अनुसारको योग्यता पुगेको हुनुपर्नेछ । भदौ १ गते देखी ८ गते सम्म खुल्ला कोटाको भर्ना र समावेशी कोटाको आवेदन पेश गर्नुपर्नेछ । रीतपूर्वक आए नआएको आवेदन जाच गरी मिति २०७८ भदौ ८ गते बेलुका प्रवेश परीक्षा समन्वय समितिको बैंठक बसी सो विषयमा टुङ्गो लगाउने छ । समावेशी कोटामा योग्य आवेदनहरु नपरे स्वतः ती कोटा खुल्ला सीटमा गई योग्यताक्रम अनुसार भर्ना प्रक्रिया अगाडि बढाइनेछ । जम्मा ३६जनाको सीटमा ११९ जना विद्यार्थीहरु पास भएका थिए । त्रि.वि नियमानुसार ३ जना विद्यार्थीहरु लाई छात्रवृद्धि प्रदान गरिनेछ । नेपालमा पहिलो चोटी भएकोले यो विषयको क्षेत्र निकै फराकिलो साथै माग पनि उच्च हुनेमा गणि विज्ञान स्कुल ढुक्क छ । स्कोप देखेरै होला एउटा विषयमा मास्टर गरेर पनि डाटा साईन्सको प्रवेश परीक्षा दिएका छन् ।

स्कुलले विगत ४ बर्ष देखी विश्वकै अनि माग भएको एक्चुअरी साईन्स विषयको स्नातक तहको पठन पाठन शुरु भएको थियो । एउटा ब्याच पास आउट भएको सो कोर्ष पढने विद्यार्थीहरुको नतिजा प्रकाशित हुनुपर्न नै विभिन्न जीवन तथा नर्जीवन बीमा कम्पनीहरुमा कार्य गर्न सुरु गरिसकेका थिए । नेपालमा एक्चुअरी अभावले बार्षिक साधारण सभा समयमा गर्न नसकेका बीमा कम्पनीहरु लाई केही बर्ष भित्र ठुलो राहत हुनुको साथै एक्चुअरी रिपोटको लागी करोडौं रुपैया बाहिरिन रोकिनेछ । हाल आईएफओए यूके बाट २६जना बिद्यार्थीले जाच दिई १ देखी ५ बिषयसम्म उर्तिण भइसकेकाछन् भने ३० जना नयां विद्यार्थीहरुले सेप्टेम्बरका लागि तयारी गर्दैछन ।

एक्चुअरी साईन्सको अध्यापनको सफलता पछि स्कुलले डाटा साईन्स बिषयको शुरुव्ँँत गरेकोमा यो कोर्षको स्कोप एकदमै राम्रो हुने र स्कुलबाट निस्केको पोडक्टले देश विदेशमा काम गर्न सहजै सक्षम हुने देखी दाबी कार्यक्रम संयोजक फुलाराको छ । यसपछिको योजना के छ त स्कुलको भन्ने जवाफमा फुलाराले अहिले स्नातक तहमा एक्चुअरी विषयको पठन पठान भइरहेको र यहि महिना भित्रै स्नातकोत्तर तहको डाटा साईन्स विषयको पठन पाठन शुरु हुने गरी प्रवेश परीक्षाको कार्य समाप्त भइसकेको छ भने आउने शैक्षिक सत्रबाट स्नातक तहमा डाटा साईन्स र स्नातकोत्तर तहमा फाइनान्ससियल म्याच वा एक्चुुुुअरी साईन्स विषयको कोर्ष सञ्चालन गर्ने स्कुलको लक्ष्य छ । स्कुलको बजारको प्रवृति, अन्तराष्ट्रिय क्षेत्रको अध्ययन गरेर रोजगारीमुलक कोर्ष सञ्चालनमा विशेष जोड दिने दाबी स्कुल प्रशासनको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*