५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, हिमालयन रिको सर्वाधिक कारोबार
१७ श्रावण २०८१, बिहीबार १३:३१
काठमाडौं । शेयर बजारमा कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार कारोबार भइहरँदा १ः२५ बजेसम्म पाँच कम्पनीको शेयरमा सर्किट लागेको हो ।
यो बेलासम्म १२ अर्ब ५८ करोडको कारोबार भएको छ । १२१ कम्पनीको मूल्य बढेको छ भने ११८ को घटेको छ । त्यस्तै २ कम्पनी स्थिर रहेका छन् ।
सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, श्रीइन्भेस्टमेन्ट फाइनान्स, शुभम पावर र प्रोग्रशिभ फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा छ ।