प्रभु बैंकको मुद्दती खाताबाट एक करोड १९ लाख बेपत्ता, पीडितद्वारा प्रहरीमा उजुरी

१७ श्रावण २०८१, बिहीबार ११:४२

काठमाडौं । प्रभु बैंकमा मुद्दती निक्षेपमा रकम राखेर अमेरिका पुगेर फर्केका एक व्यक्ति प्रभु बैंकका कारण सडकमा पुगेका छन् ।

अमेरिका जानु अघि एक करोड १९ लाख रुपैयाँ प्रभु बैंकको मुद्दती खातामा जम्मा गरेर अमेरिका गएकी झापा विर्तामोडकी मन्जु कुमारी नेपालले नेपाल फर्केर आएपछि बैंकमा पुगी रकम निकाल्न खोज्दा खाता रित्तो थियो । बैंकका कर्मचारीहरुले रकम दिन नसक्ने जानकारी गराए । उनीहरुले उक्त रकम ६ महिनाको लागि मुद्दती खातामा राखेको बताएका छन् ।

बैंकमा राख्दा रकम सुरक्षित हुन्छ भनेर, मुद्दती खातामा पैसा राखेका मन्जु र उनका श्रीमान टिकाराम नेपाल अहिले प्रभु बैंकको धोकाधडीको मारमा परेका छन् ।


मुद्दती निक्षेपको रकम बैंकबाटै गायब भएको थियो । अब बैंकले रकम दिन्छ कि दिदैन एकिन भैसकेको छैन् । हिजो अधिवक्ता स्वागत नेपालसहित पत्रकार सम्मेलन गर्दै पीडित नेपाल परिवारले प्रभु बैंकबाट ठगिएको गुनासो गरेका छन् । उनीहरुले आफ्नो सबै रकम बैंकले  फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

साथै, पीडितहरुले जिल्ला प्रहरी कार्यालय झापामा बैंक बिरुद्ध उजुरी समेत दिएका छन् । यता, प्रभु बैंकले भने सो सम्बन्धमा केही बताउन चाहेको छैन । सो घटनाबारे प्रभु बैंकका सीईओ अशोक शेरचनसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रहरीले  अनुसन्धान गर्ने क्रममा बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौला सम्पर्क बिहीन भएका छन् । उनी बुधबार झापा विर्तामोडको एक होटलबाट गायब भएका प्रहरीले जनाएको छ ।

One thought on “प्रभु बैंकको मुद्दती खाताबाट एक करोड १९ लाख बेपत्ता, पीडितद्वारा प्रहरीमा उजुरी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*