प्रभु इन्स्योरेन्स २९ औं बर्षमा, बीमितलाई दावी भुक्तानी तत्कालै, लगानीकर्तालाई उच्च प्रतिफल दिने प्रतिवद्धता

१७ श्रावण २०८१, बिहीबार ०९:०२

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आजबाट २८ वर्ष पुरा गरी २९ औ बर्षमा प्रवेश गरेको छ । आज भन्दा २८ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट गौरवमय २९ वर्षमा प्रवेश गरेको छ ।

प्रभु ग्रुपद्धारा मुख्य रुपमा प्रबद्र्धित प्रभु इन्स्योरेन्स कम्पनीले २९ औं बार्षिकोत्सवको अवसरमा मुख्य रुपमा बीमितलाई जतिसक्दो छिटो दावी भुक्तानी, लगानीकर्तालाई उच्चतम् प्रतिफल तथा बीमितहरुको जोखिमको उचित तरिकाले रक्षावरण गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थापनाको समयमा पाँच करोड रुपैयाँ पुँजिले सुरुवात गरेको कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सुरुमा एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको थियो । प्रभु ग्रुपले लगानीले गरेपछि नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स नाबाट कारोबार शुभारम्भ भएको हो ।

पछिल्लो झण्डै एक दशकदेखि प्रभु इन्स्योरेन्स कम्पनीले उच्चतम् प्रतिफल दिँदै आएको छ । कम्पनीको सिईओ सञ्चित ब्रजाचार्यले नेपाली बीमा क्षेत्रमा बीमितलाई छिटो र छरिटो सेवा प्रदान गर्ने कम्पनीको रुपमा स्थापित गर्न सफल भएको बताउँदै आगामी दिनमा प्रविधिमैत्री, शाखा रहित सेवा प्रदान गर्ने र दाबी प्रकृयालाई सरलीकृत गर्दै अझै सरल र तत्कालै दावी भुक्तानी पाउने व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।

६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको प्रभु इन्स्योरेन्सको सो हकप्रद नेपाल धितोपत्र बोर्डमा पाइपलाइनमा रहेको छ । यस वर्षको तथ्याङ्क अनुसार बीमा दावी भुक्तानीमा सबैभन्दा राम्रो गरेर उत्कृष्ट हुन सफल भएको प्रभु इन्स्योरेन्स कम्पनीलाई अझै बीमित मैत्री र प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीले २९ औं वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा समिति, सरोकारवाला निकायहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठनहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*