रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
१७ श्रावण २०८१, बिहीबार ०६:२९
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा राखेको थियो । तोकिएको समयसम्म संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर पुनः बिक्रीमा राखेको छ ।
सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको संस्थापक शेयर संख्या र शर्तहरूका सम्बन्धमा कम्पनीको मुख्य कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।