१० कम्पनीको शेयरमा सकारात्मक सर्किट
१६ श्रावण २०८१, बुधबार १५:२१
काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ। आज यो बर्षकै सर्वाधिक कारोबार भएको छ। आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
युनाईटेड अजोड, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, मकर जितुमाया, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी, नेपाल वेयरिङ हाउस र प्रोगेसिभ फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।