गत वर्ष निर्जीवन लघु बीमकको ब्यापार साढे २९ करोड, नेपाल माइक्रो अग्रस्थानमा

१६ श्रावण २०८१, बुधबार १३:५६

काठमाडौं । हाल नेपालमा सञ्चालित चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले गत आर्थिक वर्षको असार महिनासम्म १ लाख २७ हजार १८२ बीमालेख जारी गरेका छन् । जसबाट कम्पनीहरूले २९ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

गत वर्ष नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वाधिक ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० हजार ४१० बीमालेख जारी गरी ९ करोड ४२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३ हजार ४०७ बीमालेख जारी गर्दै ६ करोड ८७ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ हजार ८९२ बीमालेख जारी गर्दै ३ करोड २७ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*