नेपालगञ्जमा लिबर्टी माइक्रो लाइफको बीमा जागरण कार्यक्रम

१६ श्रावण २०८१, बुधबार १२:१९

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगरपालिकामा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले साउन १५ गते नेपालगञ्जको सुनाखरी रेष्टुरेन्टमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

कम्पनीले जिल्ला सहकारी संघ बाँकेसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीलाई लघु बीमाको अवधारण, फाइदा र लघु बीमाले सहकारी संस्थाका सदस्यको बीमा सुरक्षण प्रकृया बारे जानकारी गराइएको कम्पीले बताएको छ ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षतामा संञ्चालन गरिएको सो कार्यक्रममा बाँकेका ७० सहकारीका १३२ जनाको सहभागिता रहको थियो । उक्त कार्यक्रमलाई लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थी र नेपालगञ्ज शाखाका प्रबन्धक दिपा विनाडीले सहजीकरण गरेकी थिइन्।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सहकारी संस्थाका लागि उपयुक्त हुने गरी सम्बृद्ध कवच, सामूहिक म्यादी जीवन बीमा, ग्रामीण म्यादी जीवन बीमा र सम्बृद्ध भविष्य बीमा जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*