काठमाडौँ उपत्यकामा बाढीको वितण्डा, भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुको भिड
काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाले काठमाडौँ उपत्यकासहितका आसपासका जिल्लाहरुमा बाढीले वितण्डा मच्चाएको छ । राति १२ बजेदेखि परेको वर्षाले काठमाडौँ उपत्यकाका कयौं क्षेत्रहरु डुबानमा परेका हुन् ।
काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र, अनमानगर र युनएन पार्क क्षेत्र डुबानमा परेको थियो । जसले गर्दा आसपासका बासिन्दाहरु प्रभावित भएका छन् । बाढीका कारण काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार प्रहरीले गरेको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो ।
यता, बल्खु खोलामा एक जनाको शव फेला परेको छ । खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । बाँके घर भएका सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
खोला किनारा बस्तीमा नेपाली प्रहरी उद्धार तिर खटिदा सर्वसाधारणहरु भने फोटो र भिडियो खिच्न झुम्मिएका छन्। करिब बिहानपख प्रहरी प्रशासन नै बाढीबाट जोखिममा परेका पिडितहरुलाई सुरक्षित स्थान तिर लैजाने कार्यका सक्रिय भइरहदा फोटो र भिडियो खिच्नेहरुको भिड लागेको छ । केहि स्थानिय प्रहरीलाई सहयोग गरी रहेका छन् भने अधिकांश ब्यक्तिहरु भिडियो र फोटो खिच्न तिर झुम्मिएका छन् ।
साथै, केहि युट्युब च्यानल चलाउनेहरु पनि बाढी पिडितलाई थप पिडा दिइरहेको देखिन्छ । आफ्ना घरका समानहरु सुरक्षित स्थानमा लगि रहेका ब्यक्तिलाई केहि युटुबरहरुले अनावश्यक प्रश्न सोधी हैरानी समेत दिइरहेको देखिएको छ ।