नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
१६ श्रावण २०८१, बुधबार ०७:०७
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बैंकले उक्त शेयर यसअघि नै गत जेठ ११ गते र असार १२ गते गरी २ पटक ३५ दिने अवधि सहित संस्थापक शेयरधनीमा बिक्री खुला गरेको थियो । तर उक्त अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएपछि बैंकले सर्वसाधारण मात्रै किन्न पाउने गरी शेयर पुनः बिक्रीमा ल्याएको हो ।
सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।