अमेरिकी डलरको भाउ अझै स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १६ गतेका लागि विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज पनि अमेरिकी डलर खरीदमूल्य १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २७ पैसामै स्थिर रहेको हो ।
आज मलेसियन रिंगिटको भाउ भने ११ पैसाले बढेको छ । यस दिन एक मलेसियन रिंगिटको बिक्रीमूल्य २९ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ९२ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस दिन एक कतारी रियालको खरीदभाउ ३६ रुपैयाँ ६६ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ८२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसामै स्थिर रहेको छ ।
त्यस्तै आज एक यूएई दिराम पनि खरीदभाउ ३६ रुपैयाँ ३९ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ५६ पैसामै स्थिर रहेको छ । आज एक अस्ट्रेलियन डलरको बिक्रीमूल्य ८७ रुपैयाँ ८० पैसा, १० जापानिज यनको बिक्रीमूल्य ८ रुपैयाँ ६७ पैसा र एक क्यानेडियन डलरको बिक्रीमूल्य ९६ रुपैयाँ ९६ पैसा रहेको छ ।