गोपि हमालले चलाए दुई करोड लागतमा बनेको चर्चमा डोजर

१५ श्रावण २०८१, मंगलवार १६:५८

काठमाडौँ । अस्पताल खोल्ने अनुमति लिएर बनाइएको एउटा दुईतले चर्चमा धनगढी उपमहानगरपालिले डोजर चलाएको छ । धनगढी उप–महानगरपालिका–७ मनेहरामा लेट मेइन धनगढी प्रालिले घर नक्सा पासविपरीत संरचना बनाएर चर्च चलाएपछि डोजर लगाएर भत्काइएको हो ।

नेपाल जस्तो शान्त समाजलाई जातिय द्धन्द गराउने हितले चर्च खोलेको भन्दै सो संरचनाको चौतर्फी आलोचना भइरहेको थियो । सो विषय प्रतिनिधि सभामा समेत उठेको थियो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाएको बताएका थिए । उनले स्थानीय तहमा गएर झुटो विवरण पेश गरी धार्मिक मन्दिर, चर्च र गुम्बाहरु बनाउन नपाइने बताए। उनले भने, ‘धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन। झुटो विवरण पेश गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन।’

घर नक्सा पासविपरीत निर्माण भएका अवैध संरचना धनगढी उप–महानगरपालिकाले भत्काइदिएको हो। लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेको भवनका अवैध संरचनाहरू मंगलबार नगरप्रहरी र डोजर परिचालन गरेर तोडिएको हो। घर नक्सा पासविपरीतका संरचना बनाएको पाइएपछि भत्काइएको उमपहानगरपालिकाका मेयर गोपाल हमालले बताएका छन् ।

यसअघि उपमहानगरको वडा नम्बर ७ कार्यालयले सोमबार मात्रै ७ लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजनसहित व्यवसाय दर्ता गराएको थियो। नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।

तर ती कम्पनीले लिएको जग्गामा अस्पताल बनाउने भन्दै चर्च चलाइएको थियो । दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हमालले बताए । यसअघि उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*