भ्रष्टाचार बढ्यो, पारदर्शिता घट्यो, कूल छ खर्ब ६४ अर्ब बेरुजु

५ भाद्र २०७८, शनिबार १८:१७

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आफ्नो ५८ औं बार्षिक प्रतिवेदन हिजो सार्वजनिक गरेको छ । सामान्यतया चैत्र मसान्तमा सार्वजनिक हुने बार्षिक प्रतिवेदन यस वर्ष निकै ढलाई गरी हिजो सार्वजनिक गरेको हो । हिजो सार्वजनिक भएको ५८ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण गरी प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।

महालेखाले उक्त आर्थिक वर्षमा जम्मा ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँको लेखा परीक्षण सम्पन्न गरेको जनाएको छ । प्रतिवेदनले बेरुजू ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ पुगेको देखाएको छ । जसमा केन्द्र सरकारको ४४ अर्ब ३९ करोड, प्रदेश सरकारको १२ अर्ब ६६ करोड स्थानीय तहको ४० अर्ब ८३ करोड रुपैयाँ बेरुजू छ ।

महालेखा परिक्षक टंकमणि शर्माको नेतृत्वमा तयार पारिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमै सही विवरणहरु नभएपछि यस वर्ष आलोचनाको विषय समेत बनेको छ ।

हेरौं प्रतिवेदन

koE-वार्षिक प्रतिवेदनको सांराश, २०७८

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*