१३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले तीन अर्ब ४८ करोड कर छली, छानविन गर्न महालेखाको निर्देशन

५ भाद्र २०७८, शनिबार ०९:२२

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकहरुले शेयर लिलामी बिक्री तथा एफपिओ जारी गर्दा नेपाल सरकारलाई तिर्नुपर्ने तीन अर्ब रुपैयाँ भन्दा बढि कर छली गरेको भन्दै छानविन गर्न आन्तरिक राजश्व कार्यालयलाई निर्देशन दिएको छ ।

महालेखा परिक्षकको कार्यालयले शुक्रबार अघिल्लो आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ११ अर्ब ६३ करोड ३० लाख रुपैयाँ एफपीओ र सेयर लिलामीबाट आर्जित रकमको ३० प्रतशित हुने तीन अर्ब ४८ करोड ९९ लाख रुपैयाँ आय कर ऐन बिपरित छुट पाएको भन्दै महालेखाले यसको छानबिन गर्न निर्देशन सिफारिस गरिएको छ ।

हकप्रद सेयरको हक हस्तान्तरणमा पनि महालेखाले प्रश्न उठाएको छ । धितोपत्रको कारोबार गर्ने निकायहरुले ब्यक्तिको हकमा ५ र निकायको हकमा २५ प्रतिशत कर लाग्ने ब्यवस्था रहेकोमा सो कर असुल नभएको निष्कर्ष निकाल्दै अनियमितता भएको ठहर गरेको हो ।
यसरी ३२ करोड ३० लाख निकायले र ब्यक्तिले ५२ करोड ११ लाख लाख लाग्ने करलाई १० करोड ६८ लाखमा सल्टाएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ । प्रतिवेदनमा पाँच बाणिज्य बैंक र एक बीमा कम्पनीले मुनाफा बाहेकको लाभांश वितरण गर्दा दुई अर्ब १३ करोड ९७ लाख रुपैयाँ राजश्व छली गरेको औल्याइएको छ ।

साथै महालेखाको प्रतिवेदनमा सो काण्डको छानबिन गरी कर निर्धारण गरेर असुल गर्न सरकारलाई निर्देशन दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*