मध्यराति खुफिया एजेन्सिका मान्छेसँग भएको होलिवाइन के हो ?: रवि लामिछाने
१४ श्रावण २०८१, सोमबार १४:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मध्यरातमा खुफिया एजेन्सिका मान्छेहरुसँग होलिवाइन गर्ने काम भएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘म लाई मध्यराति भएको होलिवाइनको विषयमा प्रश्न गर्ने मन छ । मध्यरातमा कुनैखुफिया एजेन्सिका मान्छेसँग होलिवाइनको विषय के हो ?’
उनले मध्यराति बिचौलियाका घरमा बसेर भएको सम्झौताको विषयमा समेत प्रश्न उठाए । ‘मध्यरातमा बिचौलियाहरुको घरमा गरेको सम्झौता के हो । दुई दल मिल्दा देशलाई धराप तिर लैजान्छ । यो खतराको संकेत हो’ उनले भने ।
सरकारले खोलेको फाइल जीउँदै बन्द गर्ने काम भएको बताए ।