सिटिजन लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सीहरुको सूची सार्वजनिक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बीमा व्यवसाय वृद्धिमा अब्बल र बलियो बन्दै गएको छ । कम्पनीमा सक्रिय रहेका हजारौं अभिकर्ताहरुको कडा मिहिनेत र परिश्रमका कारण कम्पनीको व्यवसाय वृद्धिले गति लिएको हो ।
देशैभरीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै टिम बिजनेशमा जमल ब्रान्चका टुक बहादुर राना, प्रिमियम कलेक्सनमा सतुङ्गल ब्रान्चका माधव सिंह साउद, पोलिसी बिक्रीमा डडेल्धुरा ब्रान्चकी जानकी बिष्ट र रिक्रुइटमेन्टमा पाटन ब्रान्चकी रिता अधिकारी सर्बोत्कृष्ट पर्फमिङ सिटिजन लिडर्स बन्न सफल भएका छन् । कम्पनीले उपलब्ध गराउदै आएका विभिन्न स्किमहरुमा पनि उनीहरुको राम्रो सहभागिता रहदै आएको छ ।
साथै, प्राप्त विवरण अनुसार सिटिजन लाइफमा आर्थिक वर्ष २०८०।०८१ मा सर्बोत्कृष्ट बीमा व्यवसाय गर्दै बानेश्वर ब्रान्चका भेसराज भट्टराई, सतुङ्गल शाखा कार्यालयका राजेन्द्र प्रसाद पन्त, बालाजु ब्रान्चका नरेन्द्र पुन, स्वयम्भू ब्रान्चका सुरेश बाबु शर्मा कट्टेल, बिर्तामोड ब्रान्चका इश्वरी प्रसाद बराल, त्रिपुरेश्वर ब्रान्चकी गिता रायमाझी लगायतका एजेन्सी म्यमनेजरहरु लिडिङ सिटिजन लिडर्स (एजेन्सी म्यानेजर्स) बन्न सफल भएका छन् ।
त्यस्तै, कम्पनीको बीमा व्यवसाय वृद्धि गर्नुका साथै हजारौ नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्दै आएकी दमौली ब्रान्चकी दिपा श्रेष्ठ, स्वयम्भू ब्रान्चकी दिपा चापागाई, पोखरा ब्रान्चकी सरला फगामी पुन, लहान ब्रान्चका बिरेन्द्र कुमार यादव, म्याग्दी ब्रान्चकी गिता पौडेल सुवेदी लगायतका अभिकर्ताहरु लिडिङ सिटिजन लिडर्स बन्न सफल भएका कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले अभिकर्ताको मनोबल उच्च बनाउन र क्षमता अभिवृद्धि बढाउन आउँदा दिनमा अझै व्यापक तरिकाले अगाडि बढ्ने जनाएको छ ।
यो पनि पढ्नुहोस :