प्रतिकित्ता ३५० रुपैयाँमा एशियन लाइफको २ लाख ७१ हजार कित्ता शेयर बिक्रीमा
१४ श्रावण २०८१, सोमबार ०७:०६
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । यस शेयर संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउनेछन् ।
शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौंको मैतिदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
[email protected]