अमेरिकी डलरको भाउ उच्च विन्दुमा स्थिर
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर भएको छ । आज साउन १४ गते पनि एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २७ पैसा कायमै रहेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक कतारी रियालको खरीदभाउ ३६ रुपैयाँ ६६ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ८२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेको छ ।
त्यस्तै आज एक यूएई दिराम खरीदका लागि ३६ रुपैयाँ ३९ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ५६ पैसा लाग्ने भएको छ भने एक मलेसियन रिंगिट खरीदका लागि २८ रुपैयाँ ७० पैसा र बिक्रीका लागि २८ रुपैयाँ ८३ पैसा पर्ने भएको छ ।
आज सोमबार एक कुवेती दिनारको बिक्रीमूल्य ४३९ रुपैयाँ ४४ पैसा, एक बहराईन दिनारको बिक्रीमूल्य ३५६ रुपैयाँ १५ पैसा, एक अस्ट्रेलियन डलरको बिक्रीमूल्य ८७ रुपैयाँ ९३ पैसा र १० जापानिज यनको बिक्रीमूल्य ८ रुपैयाँ ७३ पैसा रहेको छ ।