बैकुण्ठ अर्याललाई विशेष अदालतले माग्यो ५० हजार धरौटी
१३ श्रावण २०८१, आईतवार १८:४१
काठमाडौँ । विशेष अदालतले बैकुण्ठ अर्याललाई ५० हजार धरौटीमा छोडेको छ। अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोप लागेर मुख्यसचिव पदबाट निलम्बनमा परेका अर्याललाई धरौटीमा छोडेको हो ।
विशेषका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्य न्यायाधीशहरू राम बहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले ५० हजार धरौटीमा छोडेको हो । केही समयअघि अन्तस्शुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अर्याल सहित १२ जनाविरूद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो मागदाबी गर्दे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।