नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड भव्यताका साथ सम्पन्न, देशभरका उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले साउन ११ गतेदेखि सुरु गरेको कार्यक्रम १३ गते कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कम्पनीका सिईओ अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका थिए ।
नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए।
उनीहरुले विगतको व्यवसायलाई समिक्षा गर्दै चालु आर्थिक वर्षमा कम्पनीले लिएका रणनीतिका विषयमा पनि जानकारी गराएका थिए। कार्यक्रममा उत्कृष्ट तीनलाई नगद सहित ट्रफी सहित सम्मान गरिएको थियो । साथै विभिन्न विधामा उत्ृकष्ट कारोबार गरेका एजेन्सी म्यानेन्जर र अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल लाइफका देशैभरबाट उत्कृष्ट बीमा व्यवसाय गर्दै आएका १ सय ९१ जना अभिकर्ताहरु उपस्थित रहेका थिए ।
अभिकर्ताहरुमध्ये धनगढीका मदन भट्टले यो बर्ष नेपाल लाइफबाट उत्कृष्ट कारोबार गर्ने उत्कृष्ट अभिकर्ता बनेको कारण उनलाई बिशेष सम्मान गरिएको छ।
भट्टले तेश्रो पटक नेपाल लाइफमा नेपालभरको अभिकर्ताको उपाधि हात पार्न सफल भएका हुन्। उनले आर्थिक वर्ष २०८०।८१ मा व्यक्तिगत तर्फ ८ करोड रूपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् । यसबाहेक उनी अन्तर्गतको अभिकर्ताको समूहले १० करोड रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा दाङ, घोराहीका माधव भण्डारी र तेस्रो नम्बरमा झापा विर्तामोडका जंग बहादुर राजवंशी पर्न सफल भएका छन्।२०८०।०८१ मा उत्कृष्ट कारोबार गर्न सफल भएका उत्कृष्ट तीनलाई कम्पनीले नगद सहित सम्मान गरेको हो।
जसमा सहभागी सम्पुर्ण अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको कम्पनीले जनाएको छ।
उक्त समान्नित मध्ये प्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
कम्पनीले विभिन्न क्याटागोरीमा अवार्ड पाउनेलाई पुरस्कित गरिएको हो ।
कार्यक्रममा सहभागीहरु मध्ये उत्कृष्ट अभिकर्ता र पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले आफनो मनतव्य राखेका थिए। कार्यक्रमको तेस्रो दिनमा भने सहभागीहरुमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीका सिईओले प्रविण रमण पराजुलीले आगामी बर्षको कार्ययोजना सहित नयाँ आर्थिक बर्षको शुभकामना सहित कार्यक्रम समापन गरेका थिए ।