वाणिज्य बैंकको उपसूचकमा उछाल, बैंकको शेयर मूल्य वृद्धि र कारोबार कति?
काठमाडौं । शेयर बजारमा उछाल आँउदा आज सबै वाणिज्य बैंकको शेयरमा सकरात्मक सर्किट लागेको छ। स्टान्डर्ड च्यार्टड बैंक बाहेक सबै बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज १० वाणिज्य बैंकको शेयर १० प्रतिशत, तीन बैैंकको ९।९९ प्रतिशत, तीनको ९।९८ प्रतिशत, दुईको ९।९७ प्रतिशत र एक बैंकको ८।३ प्रतिशतले वृद्धि भएको छ।
शेयर मूल्यको आधारमा हेर्ने हो भने दोस्रो बजारमा स्टाण्डर्ड च्याडर्ड बैंकको छ । बैंकको शेयर मूल्य ७१८ रुपैयाँ रहेको छ।
एभरेष्ट बैंकको ६७८ रुपैयाँ, नबिल र्बैंकका ६३३ रुपैयाँ रहेको छ।
सबैभन्दा कम शेयर मूल्य प्रभु बैंक र कुमारी बैंककोछ । कुमारी बैैंकको आज सर्वाधिक कारोबार गर्ने कम्पनीको लिष्टमा रहेको छ।
प्रभु बैंकको शेयर मूल्य २१८ रुपैयाँ र कुमारी बैंकको २१२ रुपैयाँ रहेको छ।
मौद्रिक निति सार्वजनिक पछि वाणिज्य बैंकमा लगानीकर्ताको उत्साह रहेको छ ।
साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा राम्रो हुने अपेक्षामा बैंकको शेयर मूल्य वृद्धि भएको शेयर विश्लेषकहरुको धारणा रहेको छ।
बजारमा बैंकहरुको सेयरको अत्यधिक मागका कारण मूल्यमा उच्च वृद्धि भएको छ । वाणिज्य बैंकमा आएको वृद्धिले आज दोहोरो चरणसम्म सर्किट लागेको छ।
‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ ।’ व्यवस्था मौद्रिक नितिमा समावेश भएसँगै यसतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । सुस्त गतिमा चलिरहेको बैंकको शेयरमा मौद्रिक नितिपछि उत्साह छाएको छ ।
मौद्रिक नीतिले पुँजीको सहक अन्त्य गर्न बैंकहरुलाई पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने पनि नयाँ व्यवस्था थप गरेको छ। सो को कारण पनि सहज देखिएको छ।
यसैगरी कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने, विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम २ करोड ५० लाख रुपैयाँ कायम गर्ने राष्ट्र बैंकको उद्घोष छ ।