कुमारी र एनआईसी एशिया बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार
१३ श्रावण २०८१, आईतवार १५:०३
काठमाडौं । नेप्सेमा आज उछाल छाएको छ। आज बैंकिङ्ग क्षेत्रको उपसूचकमा लगानीकर्ताहरु बढी झुम्मिएका छन् । कारण मौद्रिक नितिपछि बैंकिङ्ग क्षेत्रमा राहत दिएको कारण लगानीकर्ताहरु यस क्षेत्रतर्फ आकर्षण भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक निति सार्वजनिक गरिसकेको छ। मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ ।
आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एशिया बैंक, शिवम सिमेन्टस, हिमालयन रि, हाथवे, प्राईम कर्मर्शीयल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, सिईडिबी हाईड्रोपावर र एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ।