बीमितमैत्री बन्दै सूर्यज्योति लाइफ, एक वर्षमा दियो झण्डै एक अर्ब रुपैयाँको दावी भुक्तानी

१३ श्रावण २०८१, आईतवार १४:२७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा झण्डै एक अर्ब रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म दुई हजार ३५१ वटा बीमा दावी वापत ८१ करोड ८२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले असार महिनामा मात्रै ३१० वटा बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले यस महिनामा ८ करोड ४८ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ । कम्पनीले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*