मार्केटमा जगदम्बाको दबदबा, एक वर्षमा गर्‍यो १५ अर्ब ४६ करोडको व्यापार

१३ श्रावण २०८१, आईतवार १४:२०

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्राइभेटले एक वर्षको अवधिमा साढे १५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२।०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०२१।०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ र सन् २०२०।०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । जगदम्बा इन्टरप्राइजेज एक प्राइभेट लिमिटेड कम्पनीको रुपमा २००१ को मार्च २९ मा सुरु भएको थियो । पर्सा जिल्लाको जितपुरमा कम्पनीको ब्ल्याक एन्ड गेल्भनाइज्ड पाइप निर्माणको उद्योग सञ्चालित छ । यस कम्पनीले २०२२ मा स्टिल मेल्टिङ सप र २०२३ जुनदेखि हट स्ट्रिप मिल प्लान्ट सञ्चालनमा ल्याएको छ ।

कम्पनीले जम्मा १५ अर्ब ८० करोड ६६ लाख कर्जाको लागि रेटिङ गराएको छ । जसमध्ये दीर्घकालीन कर्जाको रुपमा १ अर्ब ८८ करोड ६६ लाख र अल्पकालीन कर्जाका लागि १३ अर्ब ९२ करोडको रेटिङ पाएको छ ।

कम्पनीले डण्डी, पाइप, आइरन पाइप, एचआर स्ट्रिप्स, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड बिल्डिङ कम्पोनैनटलगात अन्य विभिन्न स्टिलका पोल उत्पादन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*