नियामकको चाबी कोसँग हुन्छ मौद्रिक नीतिले प्रष्ट भयो, राष्ट्र बैंकले स्थायी पोलिसी ल्याओस्: ढकाल

१३ श्रावण २०८१, आईतवार १३:५७

काठमाडौँ । सांसद हरि ढकालले नियामकको चाहि कोसगँ हुन्छ भन्ने कुरा मौद्रिक नीतिले स्पष्ट पारेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘नियामकको चाबि कहाँ हुने रैछ, कसरि राखिने रैछ र आफुलाई पायक पर्दा कसरी खोलिदो रैछ भन्ने कुरा गत शुक्रबार आएको मौद्रिक नीतिले थाहा भयो ।’

यसभन्दा अघिका अर्थमन्त्रीसँग राष्ट्र बैंकले सहकार्य नगरेको उनको आरोप छ । ‘लगानीकर्ताले लामो समयदेखि नीतिगत सुधारको माग गर्दै आन्दोलन नै गरे । मौद्रिक नीतिको समिक्षा मार्फत शेयर बजारमा बाधक नीति फुकुवाका लागि आफुले बेला बेला संसदमा आवाज उठाए’ ढकालले भने, राष्ट्र बैंकले यसअघिका अर्थमन्त्री तथा अर्थमन्त्रालयसँग सहकार्य गरेको देखिएन । यसले नियामक कस्को हुन्छ भन्ने कुरा थाहा भयो ।’

उनले राष्ट्र बैंकले अबको दिनमा राजनीतिको दबाबमा नपरी स्थायी पोलिसि ल्याउनु पर्ने बताए । साथै, उनले अहिलेको सरकारले अनुसन्धानको घेरामा रहेका ब्यक्तिलाई मन्त्री बनाएको भन्दै असुन्तुष्टी जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*