टिएमएसमा समस्या आउँदा लगानीकर्तामा हैरानी, नेप्से अनविज्ञ

१३ श्रावण २०८१, आईतवार १२:३४

काठमाडौँ । शेयर बजारमा दुईपटक सकारात्मक सर्किट लागेर अहिले कारोबार भइरहेको छ । तर, टिएमएसले काम नगर्दा लगानीकर्तालाई हैरानी बेहोर्नु परेको हो ।

अहिले लगानीकर्ताले शेयर किन्न नपाएको भन्दै आक्रोस पोखि रहेका छन् । एक लगानीकर्ताले भने, ‘भाइरस लागेको हो कि के हो टिएमएसलाई किन्न बेन्च खोज्दा गुमि रहन्छ त ?’

सेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुलेल पनि नेप्से माथि प्रश्न उठाएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् ‘नेप्से जी टिएमएसलाई भाइरस लाग्या हो ?’

लगानीकर्ता दिपेन्द्र अग्रवालले पनि नेप्से र धितोपत्र बोर्ड माथि प्रश्न उठाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो देशको महान टिएमएस सलाम छ नेप्से सलास छ सेबोन ।’

शेयर किन्न खोज्दा र बेच्न खोज्दा अटो रिजेक्ट भइरहेको गुनासो लगानीकर्ताले गर्दै आइरहेका हुन् ।

टिएमएसमा आएको समस्या बारे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने अनजान छ । नेप्सेमा प्रवक्तालाई प्रश्न गर्दा उनले भने, ‘खै के समस्या आएको छ र ? यदि कुनैमा आएको भएपनि आ–आफ्नो ब्रोकरलाई फोन गरेर भन्नुपर्छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*