नेप्से ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबार बन्द
१३ श्रावण २०८१, आईतवार ११:२४
काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ । मौद्रिक नीतिले लगानीकर्तामा उत्साहको माहोल सिर्जना हुँदा बजारमा हरियाली आएको हो ।
साताको पहिलो दिन नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । नेप्से १२५.३२ अकंले बढेर २६९३.४६ बिन्दुमा पुगेको छ ।
शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।