बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द
१३ श्रावण २०८१, आईतवार ११:०३
काठमाडौँ । शेयर बजारमा आज सर्किट ब्रेक लागेको छ । नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो । सो पश्चात बजार २० मिनेटका लागि बन्द भएको छ ।
मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले शेयर लगानीकर्तामा रौनक छाएको छ ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।