नेशनल लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा दाबी वापत १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण

४ भाद्र २०७८, शुक्रबार १७:५६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले कार्यालयमा एक कार्यक्रम आयोजना गरि म्यादी बीमा वापतको मृतकको अभिभावकलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले रोजगारीको क्रममा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको आमा रिता केसी र बुबा दिपक केसीलाई बीमा दाबी वापतको रकम १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रवद्धक रामशरण बड्तौला कम्पनीका अन्य कर्मचारीको उपस्थितमा कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई हस्तान्तरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*