न्यादी हाइड्रोपावरको नाफासँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक, अन्य सूचक कस्ता ?

१३ श्रावण २०८१, आईतवार १०:४३

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजिनक गरेको विवरण अनुसार कम्पनीका अधिकांश सूचना नकारात्मक रहेको हो ।

गत असारसम्म १६ करोड ६६ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । जुन अघिल्लो आर्थिक वर्षकोसोहि अवधिमा कम्पनी २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सानामा रहेको थियो ।

कम्पनीले विद्युत बिक्री वापत ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड १६ लाख ४४ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको कुल नाफा ३२ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ७८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ, वित्तीय खर्च ४५ करोड ७९ लाख रुपैयाँ र वित्तीय आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिशेयर प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*