प्रतिकित्ता ३४८ रुपैयाँमा सूर्योदय वोमी लघुवित्तको शेयर किन्ने अन्तिम दिन

१३ श्रावण २०८१, आईतवार ०८:११

काठमाडौं । साउन ४ गतेदेखि बिक्रीमा राखिएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १३ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ३४८ रुपैयाँमा बिक्री गर्ने गरी ६१ हजार ५०८ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्नका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्थाहरूले समेत आवेदन दिन पाउनेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा कम्तीमा पाँच हजार कित्ता र बढीमा सम्पूणर् कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ । आवेदन फाराम बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा बुझाउनु पर्नेछ । आवेदन फाराम पनि सोही स्थानबाट पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*