लगानीकर्ताको मनोबल उच्च बनाउने मौद्रिक नीति आयो, अर्थतन्त्रले लय समाउँछ: अध्यक्ष ढकाल

११ श्रावण २०८१, शुक्रबार १९:०७

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्ष २०८१।०८२ को बजेट नीजि क्षेत्रको मनोबल बलियो बनाउने गरी आएको बताएका छन् । उनले राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् ।

ढकालले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए । उनले भने, ‘निर्माण व्यवसायीहरूको समस्यालाई समाधानका लागि सकारात्मक कदम चालेको छ । बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजीकरण गर्नुपर्छ ।’

विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्न सक्ने लक्ष्य राखेकोमा उनले खुसी ब्यक्त गरे । उनले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राखेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*