नेपाल लाइफ सहित पाँच वाणिज्य बैंक सर्वाधिक कर तिर्नेको लिष्टमा

१२ श्रावण २०८१, शनिबार १३:५५

काठमाडौं । गत आर्थिक बर्षमा सर्वाधिक धेरै कर तिर्नेमा पाँच बैंक तथा वित्तिय संस्थाहरु परेका छन् । गत बर्ष सर्वाधिक कर तिर्नेमा पाँच बैंक परेको छ भने एक बीमा कम्पनी परेका छन् ।बीमापोष्टलाई प्राप्त स्रोतका अनुसार राज्यलाई सबैभन्दा धेरै कर तिर्ने नेपाल लाइफ सहित पाँच वाणिज्य बैंक र दुरसंचार देखि अन्य कम्पनीहरु पनि परेका छन् । यो बर्ष सबैभन्दा धेरै कर तिर्ने कम्पनीको सूचीमा सुर्य नेपाल परेको छ ।

दोश्रोमो नेपाल दुरसंचार कम्पनी रहेको छ ।

तेस्रोमा एनसेल र चौथौ गोर्खा ब्रुअरी रहेको छ ।

त्यस्तै, पाँचौ र छौठैंमा बैंकिङ्ग सेक्टर रहेको छ ।

पाँचौमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र छैटौंमा नविल बैंक परेको छ ।

त्यस्तै, सातौंमा नेपालमै सर्वाधिक कारोबार गर्दै आएको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पर्न सफल भएको छ।

८ औंमा ग्लोबल आइएमई बैंक, नवौंमा एनएमबि बैंक र १० औं नम्बरमा स्ट्याण्र्डर्ड चार्टर्ड बैंक परेको छ ।

सुर्य नेपालले गत आर्थिक वर्षमा आयकरतर्फ ५ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ५ अर्ब ४१ करोड ५५ लाख गरी कुल ११ अर्ब ३९ करोड ९० लाख राजस्व दाखिला गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ९७ लाख आयकर दाखिला गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ३५ करोड ६९ लाख आयकर दाखिला गरेको छ ।
.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*