गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक पछि के भने?

११ श्रावण २०८१, शुक्रबार १५:१८

काठमाडौं । गभर्नर अधिकारीले निर्माण क्षेत्रलाई समर्थन गर्ने गरी नै मौद्रिक नीति ल्याएको बताएका छन् । साथै लामो समयदेखि लगानीकर्ताले दबाब दिँदै आएको सेयरमा प्रवाह हुने कर्जाको सिमा पनि हटेको छ।

राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको २० करोडको सिमा हटाउँदा बजार बढ्ने–नबढ्ने विषयमा आफूहरुले केन्द्रीत नगरेको शेयर बिश्लेषकहरु बताँउछन् ।

‘संस्थागततर्फको सेयरमा प्रवाह हुने कर्जाको सिमा हटेको हो,’ अधिकारीले भने, ‘व्यक्तीगतको १५ करोडको सिमा हटेको होइन ।’ गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले बजारमा ब्याजदरलाई स्थिरता दिने र व्यवसायको माहौल बनाउने काम गर्ने बताएका छन् ।

गर्भनर अधिकारीले भने, ‘मौद्रिक नीतिको तादाम्यता अन्य निकायको कामसँग पनि मिल्नुपर्ने हुन्छ । यसपछि तरलता पर्याप्त हुने लगायतका काम हुन्छ ।’ मौद्रिक नीतिले म्याक्रोप्रेडेन्सियल पोलिसीलाई धेरै हदसम्म समन्वय गराउन चाहेको उनको भनाई छ ।

गभर्नर अधिकारीले नीति कडाई गर्दा बजार चलायमान बनाउन सहजै नभएको समेत बताए । यहीकारण चालू वर्षका लागि खुकुलो मौद्रिक नीति लिएको उनको भनाई छ । मौद्रिक नीतिमा परेका ७ वटा बुँदाले बैंकको पूँजीकोषलाई सहजीकरण गर्ने गर्भनरले बताए ।

‘बैंकहरुलाई यतिबेला कर्जा वितरणका लागि सहज छ । बैंकमा ६ खर्ब रुपैयाँ बराबरको रकम थुप्रिएको छ,’ गर्भनर अधिकारीले भने, ‘यो रकमलाई चलायमान बनाउने नीति मौद्रिक नीतिले लिएको छ ।’ नियामकीय रिजर्भमा रहेको रकमलाई समेत चलायमान बनाउने गरी काम गर्न राष्ट्र बैंकले चाहेको समेत गर्भनरले बताए ।

अर्थतन्त्रमा आएको शिथिलताको मूख्य कारण पहिल्याउँदै यसलाई खुलाउनका लागि नीति लिएर सामूहिक रुपमा सम्बोधन गरेको बताए । आगामी वर्षका लागि साढे १२ प्रतिशतको कर्जा प्रवाहका लागि पनि खुकुलो मौद्रिक नीति लिएको अधिकारीले बताए । यस्तै निर्माण क्षेत्रलाई सम्बोधन गर्न समेत मौद्रिक नीति खुकुलो बनाएको उनले बताए ।

गभर्नर अधिकारीले भने, ‘उनीहरुले राज्यबाट रकम नपाएको बताउँदै आइरहेका छन् । यसबाट बजार चलायमान बन्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*