सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

४ भाद्र २०७८, शुक्रबार १६:०५

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तान्ी गरेको छ। कम्पनीको बैतडी शाखाले बैतडीको पाटन नगरपालिका वडा नं। ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

ऐरले २०७५ असार ३२ गते २२ लाखको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोनाका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ।

मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए । मृतकको बीमांक रकम २२ लाख थियो ।उक्त कार्यक्रममा वडा अध्यक्ष देवेन्द्र कुवर र कम्पनीका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*