सेयर धितोकर्जाको व्यक्तिगत सीमा हटेन

११ श्रावण २०८१, शुक्रबार १३:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको संस्थागत सीमा हटाएको छ । तर, व्यक्तिगत रूपमा लिइने १५ करोडसम्मको सीमा भने यथावत राखिएको हो ।

गर्भनर महाप्रसाद अधिकारीले पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको २० करोडको क्याप हटाइएको उनले बताए ।

मौद्रिक नीतिमा भनेको छ,- ‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*